काठमाडौं– सौर्यमण्डलका सबै ८ वटा ग्रहहरु मध्ये एउटा ग्रह त्यस्तो छ जुन ४२ वर्ष दिन त्यसपछि रात हुने गर्छ ।
हाम्रो सौर्यमण्डलको तेस्रा ठूलो ग्रह अरुण ग्रह यस्तो ग्रह रहेको छ । अरुण ग्रहको एउटा ध्रुव लगातार ४२ वर्षसम्म अँध्यारो हुन्छ भने अर्को ध्रुवमा सूर्यको प्रकाश पर्दछ । यो घनत्वका आधारमा चौथो ठूलो ग्रह हो । यो ग्रह ग्या“सबाट बनेको ग्रह हो । यसलाई ग्यास दानव पनि भन्ने गरिन्छ । यो ग्रह आफ्नो अक्षमा ९८ डिग्रीको कोणमा झुकेको छ । त्यसैले यस ग्रहमा सधैंजसो आ“धीबेहेरी चल्छ । हावाको गति ९ सय किलोमिटर प्रतिघण्टासम्म पुग्दछ ।
अरुण ग्रह सूर्यबाट ३ अर्ब किलोमिटर टाढा छ । यो टाढा भएकोले तापक्रम निकै चिसो छ । यसाको औसत तापक्रम माइनस १९७ डिग्री न्यूनतम तापक्रम माइनस २२४ सम्म पुग्दछ ।
यो टाढा हुनाले सूर्यको प्रकाश पुग्न २ घण्टा ४० मिनेट समय लाग्छ ।
पृथ्वीमा सूर्यको प्रकाश आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ । अरुणले आफ्नो कक्षमा एक फन्को लगाउन १७ घण्टा लगाउ“छ । यहा“ १७ घण्टाको एक दिन हुन्छ ।
एजेन्सीको सहयोगमा
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !