काठमाडौं–कोरोना संक्रमण जोखिमबीच देभभर गाईजात्रा मनाइएको छ ।

संघीय राजधानी काठमाडौं उपत्यकाको केही ठाउ“ भीडभाडका रहेको थियो । कोभिड–१९ संक्रमणको जोखिम स्वास्थ्यमापदण्ड अपनाएर सामान्य औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेको थियो ।

तर काठमाडौ र ललितपुर कमै भीड देखियो भने बढी भक्तपुरमा गाईजात्रा मनाउने र हेर्नेको भीड लागेको थियो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा सोमबार गाई तथा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराएका थिए । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान समेत गरेका थिए ।

नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले भावविहल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नु परेको छ भनेर देखाउन जनतालाई आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक कथन छ ।

यतिगर्दा पनि रानीको मन शान्त हुन नसकेकापछि विभिन्न प्रकारका प्रहसन तथा हास्यव्यङ्ग्य कार्यक्रमसमेत गराउने आदेश दिएको र त्यतिबेलादेखि हास्य–व्यङ्ग्यको प्रचलन चलेको जनश्रुति रहेको छ ।

कान्तिपुरका राजा प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म चलिरहेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।

भाद्रकृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृतव्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरु समेत गाउने चलन छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल