काठमाडौं – विश्वव्यापी रुपमा खाद्य संकटबारेमा हालै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनकले पहिलो पटक अनलाइन सर्वेक्षण गरेको छ ।

त्यसमा चीनका ३ परम्परागत कृषि प्रणालीहरुलाई विश्वमा महत्वपूर्ण कृषि सांस्कृतिक सम्पदाको रूपमा मान्यता दिइएको छ ।


ती ३ वटा सम्पदामा फुच्यान आन्सी थेक्वानयीन चिया संस्कृति प्रणाली, भित्री मंगोलिया आलु होर्किन घाँसे मैदान घुमन्ते प्रणाली र हपै श जिल्ला सुख्खा टेरेस खेती प्रणाली रहेका छन् । हालसम्म, चीनमा रहेका विश्वव्यापी महत्वपूर्ण कृषि सांस्कृतिक सम्पदाको संख्या १८ पुगेको छ । जुन विश्वमा पहिलो स्थानमा रहेको छ ।

चिया
फुच्यान आन्सी थेक्वानयीन चिया संस्कृति प्रणाली फुच्यान प्रान्तको दक्षिण पूर्वी भागमा पाइन्छ । सोङ र युआन राजवंशको समयमा, आन्सी चिया समुद्री रोड हुँदै विश्व पुगेर अहिले आएर समुद्री सिल्क रोडको महत्पूर्ण सांस्कृतिक प्रतीक बनेको छ ।

पशुपालन व्यवस्थापन
भित्री मंगोलिया आलु होर्किन घाँसेमैदान घुमन्ते प्रणाली भित्री मंगोलिया स्वायत्त प्रदेशीय छफङ शहरमा पाइन्छ । यो विश्वव्यापी सांस्कृतिक कृषि सम्पदा सूचीमा चयन गरिएको पहिलो घुमन्ते कृषि सम्पदा स्थल हो । यो विश्वमा दिगो पशुपालन र कमजोर चरन क्षेत्र व्यवस्थापनको नमूना पनि हो ।
हपै प्रान्तको श जिल्ला सुक्खा टेरेस खेती प्रणाली हपै प्रान्तको हानतान शहरमा अवस्थित छ। युआन राजबँशदेखि शुरू भएको यस खेती प्रणालीको कूल क्षेत्रफल १४ हजार हेक्टर छ।
साभारः चीन नियन्त्रित सिआरआइ सेवा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल