काठमाडौ– फेरी संघीय सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बृद्धि गरेको छ ।

सरकारले नेपाल आयल निगम मार्फत आइतबार राति १२ बजेबाट लागू हुने पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको छ । नयाँ मुल्य अनुसार संघीय काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्ने छ । खाना पकाउने एलपी ग्यासको मुल्य १८ सय रूपैयाँ यथावत राखेको छ ।


हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि बृद्धि गरेको छ । हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।


निगमले यसअघि यही जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) पछिल्लोपटक पठाएको मूल्यसूची अनुसार समायोजन गरेर भाउ बढाइएको जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले यही असार २ गते पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ दशमलव ५२ रूपैयाँ र डिजेल १९ दशमलव ०३ रूपैयाँ बढेको उल्लेख छ । अब खरिद लागत पेट्रोलमा प्रतिलिटर २१२ रुपैय ५८ पैसा र डिजेलको २०५ रुपैया ९५ पैसा पुगेको निगमले जनाएको छ । हवाई इन्धनमा भारतीय आयल कर्पोरेसनले लिटरको १९रुपैया ९१ पैसा बढाएर पठाएको छ ।
निगमका अनुसार प्रतिसिलिन्डर १८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१ रुपैया १४ रूपैयाँ घाटा देखाएको छ । ग्यासको खरिद लागत २५५१ रुपैया १५ रूपैयाँ रहेको जनाएको छ ।

यो मूल्यअनुसार समायोजन नगरी विक्रीवितरण गर्दा १५ दिनमा ४ अर्ब ८१ करोड घाटा भएको जनाउदै आइतबार मध्यरातमा सरकाले निगम मार्फत मुल्य बढाउको हो । नयाँ मूल्यमा बेच्दा पनि निगमले नयाँ मुल्यमा विक्रीवितरण गर्दापनि १५ दिनमा २ अर्ब ३५ करोड रुपैया भन्दा बढी घाटा हुने निगमले जनाएको छ ।


हवाई इन्धन र मट्टीतेलमा निगमलाई नाफा रहेको जनाएको छ । हवाई इन्धन आन्तरिकतर्फ १३ रुपैया ६१ पैसा र मट्टीतेलमा प्रतिलिटर ४३ रुपैया ०६ पैसा र बाह्यतर्फ ५६ रुपैया ५७ पैसा नाफा रहेको निगमले जनाएको छ । अहिले मट्टीतेलको खरिद लागत १९२ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फको १७१ रुपैयाँ ३९ पैसा र बाह्यको १४८ रुपैया ३२ पैसा रहेको निगमले जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद नगर्ने हुंदा भारतीय आयल कर्पोरेसनबाट चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको छ । पेट्रोलियम किनेबापत् भारतीय आयल कर्पोरेसनले प्रत्येक महिनाको १५÷१५ दिनमा निगमलाई मुल्य पठाउने गरेको छ ।

भारतीय आयल कर्पोरेसनल पठाउने मूल्य अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित छ । लागत मुल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर भारतीय आयल कर्पोरेसनलले नेपालको लागि बिक्री मूल्य तय गर्छ । त्यसपछि निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सार शुल्क, प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ताले लिने मुल्यतय गर्छ । पेट्रोलियमको मूल्य तय हुने आधार भारतीय आयल कर्पोरेसनले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम रहेको छ । रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय तेल बजारमा धेरै प्रभाव परेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल