काठमाडौ– दक्षिणएसियाली राष्ट्र श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति तथा सरकारी निवास भवनहरूमा प्रवेश गरेका छन् ।

प्रदर्शनकारी छिर्ने जानकारी पाएपछि राष्ट्रपति गोटाबय राजपक्षलाई सुरक्ष्ाँकर्मीले सुरक्षित स्थानमा लगिएको बताइएको छ । त्यहा“ सर्वदलीय सरकार गठनका लागि बाटो खुल्ला गर्न प्रधानमन्त्री रनिल विक्रमासिङ्गे राजीनामा गर्न सहमत भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विरोध उग्ररुप लिएप्छि प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा समेत प्रवेश गरेका छन् । केही दशकदेखि श्रीलङ्काले गम्भिर आर्थिक सङ्कटलाई भोग्दै आएको पनि राष्ट्रपतिले त्यसलाई सम्बोधन गरी न्यूनीकरण तर्फ नलागेको भन्दै आक्रोशित प्रदर्शन उत्रेका थिए ।

सरकारी कार्यालयमा प्रवेश गर्ने आन्दोलनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्दै गोटा गो होम नारा लगाएका थिए ।

भीडलाई तितरबितर पार्न श्रीलंका प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र हावामा गोली चलाइएको थियो । श्रीलङ्कामा दुई दशकदेखि राजपक्षहरू सत्तामा छन् । प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू राजधानी कोलम्बो आएर प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए ।

भारत र चीनसँग आर्थिक सहयोग लिएर इन्धन, विद्युत्, खाद्यान्न र अन्य अत्यावश्यक सामानको अभाव हुन नदिने प्रयास गरेका थिए ।

गएको आइतवार ऊर्जामन्त्री कञ्चन विजेशेकरले नियमित मागअनुसार वितरण गर्ने हो भने देशमा भएको पेट्रोल एक दिनलाई पनि नपुग्ने बताएका थिए । इन्धन तेल जोगाउने उद्देश्यले गत साता सरकारले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई पेट्रोल र डीजल बेच्न रोक लगाएको थियो ।

कोभिड महामारी र आर्थिक अव्यवस्थाका कारण श्रीलङ्काको विदेशी मुद्राको सञ्चिति घटेको थियो । विदेशी मुद्रा नहुँदा विदेशबाट सामान आयात गर्न पनि समस्या उत्पन्न भएको हो । ३० दिनको थप समय पाएको भए पनि गत मे महिनामा पहिलो पटक श्रीलंका ऋण तिर्न विफल भएको थियो ।

आर्थिक सङ्कटबाट उद्धार गर्न अहिले श्रीलङ्का सरकार र अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफबीच ३ अर्ब पाउन्ड सहयोग उपलब्ध गराउने विषयमा वार्ता चलिरहेको छ । इन्धन र आवश्यकवस्तुको आपूर्ति सहज नभएकाले महंगी आकासिएको छ । त्यहाँ कर्मचारीको तलब र ज्याला भुक्तानी दिन सकेको छैन । बिहीवार श्रीलङ्काको केन्द्रीय बैंकले आधारभूत ब्याजदर १ प्रतिशतले वृद्धि गरेको छ । बैक दिने ऋणको ब्याजदर १५ दशमलव ५ प्रतिशत पुगेको छ भने निक्षेपका लागि १४ दशमलव ५ प्रतिशत ब्याज तोकिएको छ । यो २१ वर्षकै सर्वाधिक ब्याजदर रहेको छ । मुद्रास्फीति अहिलेसम्मकै उच्च देखिएको छ । खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४ दशमलव ६ प्रतिशत पुगेको छ ।

सयौँ प्रदर्शनकारीहरूले कोलम्बोस्थित संसद् भवनबाहिर भेला भएर राजपक्ष सरकार हटाउने अन्तिम प्रयास भन्दै प्रदर्शन गरेका थिए ।

श्रीलङ्का टापु राष्ट्र दक्षिण भारतनजिकै रहेको छ । यो सन् १९४८ मा ब्रिटिशबाट स्वतन्त्र भएको हो । त्यहाँको जनसंख्या २ करोड २० लाख छ । यहाँ ३ वटा सिंहाली, तमिल र मुस्लिम समुदायले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन् । श्रीलंकाकोशासनमा एउटै राजपक्ष परिवारले वर्षौँदेखि शासन गरिरहेका छन् । लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसख्यायक सिंहालीहरूबीच नायक बने । त्यतिबेला रक्षामन्त्री उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन् । आर्थिक सङ्कटले आक्रोश श्रीलङ्कालीहरु सहज आपूर्ति हुन नसकेपछि मंहगी चुलिएको छ । खानेकुरा, औषधि र इन्धनको अभाव छ । लोडशेडिङ बढेपछि आक्रोशित स्थानीयहरूले राजपक्ष परिवार र उनको नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् ।
साभारः बिबिसी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल