काठमाडौं –लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि गरिएको छ । महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो ।


राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको थियो । महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिले बेलायत गएका थिए ।

सन् १९६५ मा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्युपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि गरिएको हो ।
राजकीय अन्त्येष्टिको अर्थ बेलायत सरकारले अन्त्येष्टिको दिनलाई औपचारिक रूपमा बैंक बिदाको रूपमा घोषणा गरेको छ ।

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी अमेरिकी राष्ट्रपति जो वाइडेनले महारानी एलिजाबेथको निधनमा शोक व्यक्त गरेका थिए । त्यसैगरी भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतका विश्व नेताहरू लण्डन पुगेका छन् ।
राजा चार्ल्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गरेका थिए भने राजपरिवारका अन्य सदस्यले उनलाई साथ दिएका थिए ।

महारानीको शव पेटिका वेस्टमिन्स्टर एबेमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको थिए ।

उक्त समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो ।

शवयात्रा मार्गमा जम्मा भएका मानिसहरू अन्तिम संस्कार समारोहका लागि मौन भएका थिए । त्यहाँ झण्डै ८०० जना पाहुनाको उपस्थितिमा डीन अफ विन्डसर डेभिड कोनरले त्यस्तो धार्मिक कार्य सम्पन्न गर्नेछन् र आर्चविशप अफ क्यान्टरबरीले प्रार्थना र आशीर्वाद दिनेछन् । त्यसपछि एक नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज् च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उहाँका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिने भएको छ । उनको अन्त्यष्टिमा नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्का उपस्थित थिए।
महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम बिदाइ गर्न ४८ घण्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका छन् ।

महारानीको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफेयरस्थित १७ ब्रुटन स्ट्रिटमा भएको थियो। उनी ड्यूक र डचेस अफ योर्ककी पहिलो सन्तान हुन्।

एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल