काठमाडौँ—उपत्यकाभित्रको भक्तपुर जिल्लाको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्वको बिस्केट जात्रा सुरु भएको छ । सोमबार बिहान भैरवनाथको नित्यपूजासँगै चैत्र २७ देखि वैशाख ५ गतेसम्म ८ रात ९ दिन धूमधाम मनाइने गरेको छ । बिस्का नामले समेत चिनिने विस्केट जात्रा शान्तिपूर्ण ढंगले मनाउन भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर, विद्यालय, विभिन्न संघ संस्थालगायतले आइतबार बिहान जनचेतना तथा सद्भाव ¥याली आयोजना गरिएको छ ।
बिस्का जात्राको पहिलो दिन काठै–काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ । तौमढी स्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ । साथै भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिसकेपछि रथ तान्न सुरु हुन्छ ।
जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पु¥याएर पुनः तौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पु¥याइने प्रचलन छ । जात्रामा रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ जात्रालुले रथलाई ‘होस्से÷हैसे÷हाहा’ गर्दै आफ्नोतर्फ तानेर जात्रा मनाइन्छ । जात्रामा रथ तानातान गर्दै हजारौं स्थानीयले आ–आफनो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकषर्ण हो, बिस्का जात्राको पहिलो दिनलाई द्यः क्वहाँ बिज्याइगु (देवता पृथ्वीमा आगमन हुने) भनिन्छ ।
तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चर्ढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेंबासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेल स्थित ल्योसिङखेलमा उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको र्शीष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ ।
लिङ्गोको कोखामा झुण्डयाइएका र्दुइ ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवर्दुगा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्का जात्रा र्हेनाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ । बिस्का जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याइन्छ र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।
बिस्काको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसको लगतै खंला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । जसलाई नेपाल भाषामा द्यःल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा मानिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि÷विधान समेत थपगरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतिकर्मीहरू बताउँछन् । यो जात्रा सर्प अथवा नागनागिनी मारियो भन्ने भावमा मनाउँदै आएको किंवदन्ती संस्कृतिविद्हरू बताउँछन् ।
बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यः(देवता) थांहां बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन बिस्केट जात्रा पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन्न हुने गर्दछ ।
पछिल्लो समय बिस्का जात्रामा रथ तानातान गर्ने क्रममा झडप हुने र जनधनको क्षति हुने भन्दै जिल्ला प्रशासन, सुरक्षा निकायलगायतको चासोको विषय बन्ने गरेको छ । भैरवको रथ तान्ने क्रममा माथिल्लो र तल्लो टोलबीच ढुङ्गा हानाहान गर्ने विकृतिले जरो गाड्दै गइरहेको छ । बिस्का जात्रा रथ तानाताना गर्ने जात्राका रूपमा लिने गरिन्छ । तर, जात्रा हरेक वर्ष साँझको समयमा सुरु हुने भएकाले रातिसम्म रथ तानातान गरिन्छ । रातको समयमा मादक पदार्थ सेवन गर्नेको जमाता उत्तिकै हुने गर्नाले सामान्य झैझडाले पनि उग्र रुप लिई झगडा हुने गरेको छ । यद्यपि वर्षदिनभरीको रिस साध्ने वा पोख्ने थलोको रुपमा समेत बिस्का जात्रालाई लिइने गरिन्छ । जात्रालाई व्यवस्थित तथा मर्यादित बनाउन भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा सुरक्षा निकाय, जात्रासँग सम्बन्धित व्यक्तिहरूको पटक–पटकको छलफलको तयारी पछि सद्भाव ¥याली सहित जात्राको थालनी भएको छ ।
त्यसैगरी, बिस्का जात्राकै अवसरमा मध्यपुर थिमिको लाय्कु, बालकुमारी, चपाचो, नगदेश, बोडेलगायतमा वैशाख २ गते ३२ खटसहितको अबिर जात्रा मनाइने गरिन्छ । सोही दिन मध्यपुर थिमि बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मान्ने प्रचलन छ । जिल्लाको चारवटै नगरको विभिन्न स्थानमा खट जात्रा मनाइने गरिन्छ ।
साभारः कान्तिपुर
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !