काठमाडौं – भूकम्प गएको साढे आठवर्ष भन्दा बढी समय व्यतित भईसक्दा पनि नुवाकोट साततल्ले दरबार लगायतका ऐतिहासिक सम्पदाको पुनर्निर्माण नभएको भन्दै नुवाकोट दरबारक्ष्ँेत्र नागरिक समाज तथा स्थानीयले तत्काल पुनर्निर्माण थाल्न प्रधानमन्त्रीलाई स्थानीय प्रशासनमार्फत ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार प्लेकार्ड र व्यानर सहित विदुरचोकदेखि जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेका नागरिक समाज नुवाकोट दरबारक्ष्ँेत्र तथा स्थानीयले सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । गोरखा भूकम्पले ध्वस्त बनाएका गोरखादेखि दोलखासम्मका ऐतिहासिक तथा पुरातात्विक महत्वका दरबारहरु, गोरखाका दरबारहरु, काठमाडौको वसन्तपुर दरबार वरिपरिका भवनहरु, सिंहदरबार लगायत पाटन दरबार क्षेत्रका भवनहरु, भक्तपुर दरबार क्ष्ँेत्रभित्रका दरबारहरु सबैजसो पुनर्निर्माण सम्पन्न भइसक्दा समेत नुवाकोट दरबार क्ष्ँेत्रभित्रका ऐतिहासिक तथा पुरातात्विक महत्वका ८ वटा सानाठूला पुरातात्विक भौतिक संरचनाको तत्काल पुननिर्माण नथाल्ने होभने सानो पराकम्पले पूरै संरचना ढल्ने र ठूलो जनधनको क्षति हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर पुनर्निर्माणको लागि आवश्यक पहलकदमीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘नुवाकोट दरबार परिसरभित्रका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको तत्काल पुनर्निर्माण सुरु गरियोस् । अन्यथा नुवाकोट क्ष्ँेत्रका नागरिक समाज आन्दोलन गर्न बाध्य हुने व्यहोरा अनुरोध गर्दछौ ।’

ज्ञापनपत्र बुझ्दै सप्रजिअ पौडेलले ती ऐतिहासिक संरचनाको आफूले पनि अवलोकन गरिसकेको र पुनर्निर्माणका लागि पहल गर्न प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइने बताए ।

यसअघि शुक्रबार विदुरनगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुले चीनीयाँ दूतावासमा पुगेर नुवाकोट दरबार लगायतका ऐतिहासिक सम्पदाहरुको छिटो पुर्नर्निर्माण गर्न ध्यानाकषर्णपत्र बुझाएका थिए । चीन सरकारको सहयोगमा पुननिर्माण गर्ने भनिएपनि कोरोनाका कारण ढिलाई भएको थियो भने पछिल्लो समय पुनर्निर्माणमा निर्माण पक्ष उदासिन देखिएको भन्दै विदुरनगरपालिकाले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ऐतिहासिक तथा धार्मिक संरचनाहरुको मित्रराष्ट्र चीन सरकारको तर्फबाट पुनर्निमाण सम्पन्न गर्ने गरी सात वर्षअघि सम्झौता भएकोमा हालसम्म पुननिर्माण कार्यले गति लिन नसकेको बताइएको छ ।

पत्र बुझ्दै चीनीया दूतावासका कन्सुलर सिय युले विश्वभर फैलिएको महामारी कोभिड–१९ को कारण सबै कार्य ठप्प गरिएको र दरबार पुनर्निर्माणमा प्राविधिक कठिनाई भएकाले ढिलाई हुन गएको जनाएका थिए । त्यसैगरी भिसाको समस्या, पुनर्निर्माणस्थलसम्म पुग्ने सडक बाटो, निर्माण सामाग्री भण्डार गर्ने समस्या देखिएको बताएका थिए । विदुरनगरपालिकाले ती समस्यालाई हल गर्ने गरी सघाउने मेयर राजन श्रेष्ठले जनाएका थिए ।

दरबारको पुर्नानिर्माण हुन नसक्दा नुवाकोटका ऐतिहासिक संरचनाहरु झन्ै अग्नावशेषमा परिणत भई अस्तित्व मासिने डर बढेको छ । नुवाकोटसँग जोडिएका ऐतिहासिक दस्तावेज सहितका ईतिहास सभ्यता र सांस्कृतिक धरोहर मासिने क्रम बढेको छ ।
साततले दरबार पुनर्निर्माण गर्न चाईना एकेडेमी अफ कलचरल हेरिटेज जिम्मा लिएको थियो ।
पुरातात्विक सम्पदा साततल्ले दरबार लगायतको अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटक आउने गर्थे । भूकम्पपछि ती सम्पदा नबन्दा सुनसान छ । दरबार लगायतका सम्पदा विदुरनगरपालिका वडा २ मा पर्छ ।

पुननिर्माण गर्नुपर्ने सम्पदाहरुमा साततल्ले दरबार लगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजुभवानी मन्दिर छन् ।

२०७२ साल बैशाख १२ र २९ गते आएको महाभुकम्पले ती सम्पदाहरुमा क्षति पुगेको हो । अहिले ती सम्पदालाई फलामे टेको र छाना जस्तापाताले ४ वर्षदेखि छोपेर राखिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो कार्यकालमा काठमाडांैको बसन्तपुर दरबार पुननिर्माण सकिएपछि नुवाकोटका सम्पदा पुननिर्माण थाल्ने भनेको थियो । तर प्राधिकरणको अवधि सकिएर पनि नुवाकोटका ती सम्पदाहरु पुर्नर्निर्माण हुन पाएन ।

साततल्लेदरबार १९९० सालको महाभुकम्प अघि ९ तल्ला रहेकोमा भत्केर साततल्ला भएको इतिहासमा उल्लेख छ । यो दरबार गोरखाका राजा पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकिकरण गरेपछि १८१७–१९ सालमा ललितपुरबाट कालीगढ झिकाएर दरबार निर्माण गराएको ईतिहास छ ।

त्यसैगरी तुलजा भवानी रहेको दरबार भने लिच्छविकालीन रहेको बताइएको छ । नुवाकोट साततल्लेदरबार लगायतका सम्पदा काठमाडौंदेखि ७३ किमी दुरीमा सदरमुकाम विदुरदेखि ६ किमी पूवोत्तरभागको माथि छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल