काठमाडौं–विजयादशमीका अवसरमा राजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरूले मुमाबडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्नु भएको छ ।


राजा ज्ञानेन्द्रसँगै रानी कोमल, युवराज पारस, युवराज्ञी हिमानी लगायत राजपरिवारका सदस्यहरूले समेत मुमाबडामहारानी रत्न हातबाट दशैंको टीका तथा जमरा ग्रहण गर्नु भएको हो ।


यस वर्ष राजाले सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने परम्परागत कार्यक्रम भने राख्नु भएको थिएन । निर्मल निवासस्थित संवाद सचिवालयले प्राकृतिक विपत्तिबाट मुलुकमा ठूलो जनधनको क्षति भएको परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष दशैं सादगीपूर्वक मनाउने निर्णय गरिएको जनाएको थियो ।


विजयादशमीको अवसरमा राजपरिवारले नेपालीहरूको सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै शुभकामना व्यक्त गरिएको थियो । राजाले संदेशमा बडादशैंलाई नेपाली सनातनी परम्परा, संस्कृति, सत्य, सदाचार र मर्यादासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा स्मरण गरिएको छ ।

यस वर्ष नेपालमा विजयादशमीको उत्तम टीका साइत बिहान १० बजेर २६ मिनेटमा रहेको थियो । राजाले शुभसाइतमा टीका लगाउनु भएको बताएपनि ठ्याक्कै कति बजे टीका ग्रहण गर्नु भएको खुलेको छैन ।
राजाले सर्वसाधारणलाई टीका नलगाउने निर्णय गरेको यो लगातार दोस्रो वर्ष हो । यसअघि पनि देशको विषम परिस्थितिलाई

ध्यानमा राख्दै सार्वजनिक टीका कार्यक्रम स्थगित गरिएको थियो । यसपटक भने बाढी, पहिरो तथा अविरल वर्षाबाट भएको ठूलो जनधनको क्षतिलाई कारण बनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल