नुवाकोट– नेपाल विद्युत प्राधिकरणले बागमती प्रदेशको नुवाकोट जिल्लामा निर्माण गरिरहेको सोलार आयोजनाबाट १७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणाली(ग्रिड) मा थपिएको छ ।
हालै उक्त विद्युत ग्रिडमा थपिएको आयोजनाले जनाएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो ।
२५ मेगावाट जडित क्षमता रहेको आयोजनामा ८ मेगावाटको काम भैरहेको छ । आगामी नया“ साल ०७९ बैशाख पहिलो साताबाट उक्त ८ मेगावाट विद्युत समेत थपिने आयोजना जनाएको छ । सोलर पावर देवीघाट जलविद्युत केन्द्रको कोलनीमा चर्चेको जग्गा, फोरवे चौर, रातोमाटे, निर्माण भएको छ भने २ नम्बर कफी क्षेत्र, केराघारी र राईगाउ“मुनि निर्माणाधिन छ ।
चीनको राइसेन इनर्जी कम्पनीले ठेक्कामा लिई सोलार पावर राख्न लागेको हो । सोलार पावर ६ वटा व्लकमार्फत विजुली निकालिने आयोजनाले जनाएको छ । सोलार प्यालन राखी त्यसमार्फत दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडेर दैनिक सरदर ५ घंटा सोलारबाट बिजुली उत्पादन दिने गरेको विद्युत् प्राधिकरणले जनाएको छ ।
२५ मेगावाटको लागि ५ सय रोपनी जग्गामा सोलार प्यानल रहने आयोजनाले जनाएको छ । यो नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो । प्लान्ट संचालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने अपेक्षा प्राधिकरणको रहेको छ ।
बेलुका र बिहान पिक आवरमा बढी माग हुने समयमा ती विद्युत केन्द्रका संचालन गर्न मदत पुग्ने छ भने पिक आवरमा विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा नेपाल विद्युत प्राधिकरणको रहेको छ ।
विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सोलार पावर निर्माण भैरहेको छ । सोलार आयोजनाको लागत ३ अर्ब ८० करोड रुपैया छ ।
३ वर्षअघि तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २५ मेगावाटको सोलार प्लान्ट विनपा ३ स्थित देवीघाट जलविद्युत केन्द्र परिसरमा गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !