काठमाडौँ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद गरेको छ ।
विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका ठूलो परिमाणमा सुन बरामद भएको सुरक्षा स्रोतले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार तौल गरिएपनि करिब १०० किलोभन्दा बढीको सुन हुन सक्ने सुरक्षा निकायले जनाएका छन् ।
बुधबार दिउँसो भन्सार पास भएको सुन हङकङबाट क्याथे प्यासिफिक एअरलाइन्सको विमानमा स्कुटरको ब्रेक सुमा फिट गरेर ल्याइएको बताइएको छ ।
राजस्व अनुसन्धान विभागले सुन सहितको ब्रेक सु लुकाई राखेका दिलिप भुजेललाई पक्राउ गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !