काठमाडौँ–इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर ९ जना नेपाली घाइते भएका छन् भने १२ जना सम्पर्कविहिन छन् ।

घाइते भएकामध्ये ३ जना नेपालीलाई अस्पताल लगिएको विभिन्न संचार माध्यमले जनाएका छन् ।

तेलअविवमा रहेको नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपालीमध्ये २ सँग मात्रै सम्पर्कमा रहेको बताइएको छ । ती नेपाली अधिकांश विद्यँर्थी रहेको बताइएको छ । शनिबार बिहान ६ र ७ बजेको समयमा रकेट आक्रमण पछि भागदौड हुँदा ती नेपाली दुई समूह भई भाग्दा केही सम्पर्कमा रहेको र बाँकी सम्पर्क बाहिर रहेका छन् । दूतावासले सम्पर्क गरिरहेको छ । गाजा क्षेत्रबाट नजिक रहेको यो ठाउँ हमास लडाकुहरुको नियन्त्रणमा रहेको बताइएको छ । गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थीहरु सहभागी रहेकोमा ११ जना छात्रा छन् । तिनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी रहेको बताइएको छ । आक्रमणमा फसेका उनीहरु उद्धारको प्रतीक्षामा छन् ।

इजरायलमा २५० जना कृषि सम्बन्धि विद्यार्थीसहित ४५ सय जना नेपाली इजरायलमा कार्यरत छन् ।

परराष्ट्र मन्त्रालयको चासो

परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग आक्रमणमा घाइते भएका नेपालीहरुको उद्धार र त्यहाँ रहेका नेपालीलाई सुरक्षित राख्ने विषयमा छलफल गरेका छन् । आइतबार परराष्ट्र मन्त्री साउदले राजदूत गोडरलाई मन्त्रालयमा बोलाएर हमासले गरेको आक्रमणका विषयमा छलफल गरेका हुन् । मन्त्री साउदले इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे छलफल भएको छ । छलफलमा इजरायली राजदूतले आफ्नो सरकारकातर्फबाट सुरक्षा, घाइतेको उपचार र उद्धारमा प्रतिवद्धता रहेको जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल