काठमाडौं– गुरुङ समुदायको पर्व तमु ल्होसार मनाइएको छ ।
गुरुङ समुदायले यसलाई आफ्नो नयाँ वर्षको रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु वा नयाँ भएकाले उक्त दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
गुरुङ समुदायले उक्त ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको बताइएको छ । गुरुङ बाहुल्यता भएका जिल्लाहरु तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, मनाङ,खोटाङ लगायत नुवाकोट, रसुवा, रामेछाप लगायत जिल्लामा ल्होसार मनाएका छन् ।
आइतबार दिउसो विभिन्न जिल्लाबाट आई काठमाडौं उपत्यकामा बसेका गुरुङ समुदायले तमु ल्होसारको अवसरमा काठमाडौस्थित टुँडिखेलमा विविध कार्यक्रम गरी मनाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !