काठमाडौं– शहिद दिवस विविध कार्यक्रम गरी नुवाकोटमा मनाइएको छ ।
मंगलबार कांग्रेसले देवीघाटमा र माओवादी केन्द्रले तारकेश्वर २ को बगुवामा मनाएको हो ।
विदुरनगरपालिका ५ देवीघाटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपाली, नुवाकोटका सभापति एवम् प्रदेश सभासद रमेशकुमार महत, सचिव श्रीराम श्रेष्ठ लगायतले शहिद जगतप्रकाशजंग शाहको प्रतिमामा माल्यापर्ण गरेका थिए । शहिद शाहकै नामबाट जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालय रहेको छ । उक्त विद्यालयको प्रांगणमा उनको प्रतिमा रहेको छ ।

प्रजातन्त्रका सेनानी शहिद २०१९ सालमा सहादत प्राप्त गरेका थिए । उनी लगायत ज्ञातअज्ञात शहिदको सम्मानमा मौनधारण गरिएको थियो । कार्यक्रम विद्यार्थीहरुले स्वस्तिवाचन, शिक्षक, विद्यार्थीहरुले शहिद शाहको प्रतिमामा समेत माल्यापर्ण गरेका थिए ।
त्यसैगरी तारकेश्वर गाउँपालिका–२ बगुवामा शहिद बासु रिमालको प्रतिमामा बागमती प्रदेशसभा सदस्य राधिका तामाङ, संविधान सभा सदस्य राममाया बोगटी, जिसस नुवाकोट प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरी, गाउँपालिका अध्यक्ष शिव अधिकारी, उपाध्यक्ष हरि रिमाल, डिभिजन बन कार्यलय प्रमुख, माओवादी केन्द्र बामती प्रदेश सदस्य राजेन्द्र न्यौपाने, माओवादी केन्द्र गल्छी गाउँपालिका अध्यक्ष रामकृष्ण रिमाल, पार्टी अध्यक्ष सोम तामाङ, सहिद बासु रिमालका छोरा राजु रिमाल, जनक ढुंगाना लगायत माल्यापर्ण र मौनधारण गरी शहिदको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम भीष्म ढुंगानाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम संचालन किशोर ढुंगानाले गरेका थिए । सहिद दिवस कार्यक्रम तथा सहिद बेपत्ता परिवार सम्मान कार्यक्रम शहिद पार्क तथा राष्ट्रिय शहिद संग्राहलय तारकेश्वर गाउँपालिका–२ बगुवा नुवाकोटले शहिद दिवस मनाएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !