काठमाडौं – बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्नहरु धमाधम गाउँ फर्कन थालेका हुन् ।
काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किन थालेका हुन् ।
दशैका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार बिहानसम्मको २४ घण्टामा ५७ हजार यात्रु बाहिरिएका छन् ।
काठमाडौको फर्पिङ नाका, नागढुङ्गा, थानकोट,भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको नाका र ललितपुरको र भट्टेडाँडा नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ ।
दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । यात्रु चाप बढेसंगै सडक बाटोले समस्या बनाएको व्यवसायीहरुल जनाएका छन् ।
असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको थियो । सोही दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसियो । सडक बन्द भयो । सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिए भने काठमाडौ आउन लागेका सवारी उतै रोकिए । व्यवसायीले यात्रुहरुलाई तोकिएको भाडादरमा टिकट काट्ेर मात्र यात्रा गर्न भनेको छ । प्रत्येक वर्ष अध्ययन गर्ने, रोजगारी गर्ने, व्यवसाय गर्नेहरु परिवारसँग दशै मनाउन आफ्नो थातथलो फर्कन गर्छन् ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !