काठमाडौँ – वडादशैंको मनाउन काठमाडौं उपत्यका छाड्ने भीड छ ।
घटस्थापनादेखि बिहिबारसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाए अनुसार घटस्थापनादेखि बिहिबारसम्ममा ३७ हजार ९६४ वटा सवारीसाधन यात्रु बोकेर उपत्यकाबाट बाहिरिएका छन् ।
लामो र छोटो दूरीका सवारीसाधनबाट उपत्यका छाड्ने यात्रुमध्ये १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ पुरुष छन् । नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ ।
यात्रुलाई सुरक्षित र सहज यात्रा गराउन यातायात व्यवसायी र प्रहरी जाँचको व्यवस्था गरेको जनाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !