काठमाडौं– नुवाकोटको लिखुगाउँपालिका–३ स्थित भलाद्मीडाँडा पाखोमा सुख्खा पहिरो गएपछि स्थानीयको आधा दर्जन भन्दा बढी घर जोखिममा परेका छन् भने पालिका जाने सडक समेत अवरुद्ध भएको छ ।
लामो समयदेखि जमिनमा देखिएको चिरा तथा माटो खस्ने क्रमका कारण स्थानीय बासिन्दा त्रसित छन् ।
गाउँपालिका आवतजावत गर्ने सडक अवरोध भएको र स्थानीयको घर जोखिममा रहेको लिखुगाउँपालिका ३ का वडाध्यक्ष राम पुलामीले बताए ।
गाउँपालिकाको प्रशासनीक भवन पहिला वडा ५ अमिलबोटमा थियो ।
सोमबार बिहान ४ बजेदेखि नै सुख्खा पहिरो खसिरेहको र पछिल्लो समय ठूलै पहिरो गएको स्थानीयले बताएका छन् । उक्त पहिरो नजिक रहेको वस्ती जोखिममा रहेको र वस्ती सार्न पहल भैरहेको वडाध्यक्षले जनाएका छने ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !