नुवाकोट –गाईको पूजा गर्दै हिन्दू सम्प्रदायले गाई तिहार मनाएका छन् । घर–घरमा गाईको निधारमा टीका, गलामा फूलमाला र मिठा परिकार अर्पण गर्दै गौमाताको आशीर्वाद लिइएका छन् । गाईलाई लक्ष्मीको प्रतीक स्वरुप मातृस्वरूप मान्ने धार्मिक विश्वासका आधार रहिआएको छ । सहरमा गाई नभएका ठाउँमा खोजीखोजी गाईपालेका स्थानमा गौसालामा गाईपूजन गरेका छन् ।


धार्मिक मान्यताअनुसार गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास रहेको जनविश्वास छ । गाईबाट दूध, दही, घिउ, गोबर र गहुँतलाई धार्मिक तथा सांस्कृतिक कार्यमा महत्वपूर्ण मानिएको छ । मानव शरीरलाई पोषण र उपयोगिता प्रदान गर्ने गाईप्रति सम्मान प्रकट गरी गाई तिहार मनाइन्छ ।

वैतरणी नदी तार्न गाई
धार्मिक जनश्रुति अनुसा वैतरणी नदी पार गर्ने जनविश्वास रहिआएको छ । हिन्दू धार्मिक मान्यताअनुसार मृत्युपछि आत्माले यमलोकको यात्रामा वैतरणी नामक नदी पार गर्न कठिन हुन्छ । उक्त नदी पार गर्न गाईबाहेक अरुले नसक्ने भएकाले गाईको पुच्छर समातेर नदी तर्न सकिने र स्वर्ग पुगिने जनविश्वास रहेको छ ।

यही विश्वासका साथ भदौको जनैपूर्णिमामा बाँधिएको रक्षाबन्धनको डोरो फूकाएर गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने परम्परा छ । यसबाट पनि मृत्युपछि वैतरणी पार गर्न सहज हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

श्रीकृष्ण र गौसंस्कृतिको सम्बन्ध
गाईप्रतिको श्रद्धा व्दापर युगमा भगवान् श्रीकृष्णको जीवनसँग गहिरो सम्बन्ध छ । श्रीकृष्णलाई ग्वाला(गोपाल) नामले चिनिनुको अर्थ गाईपालन तथा गोसंस्कृतिसँग जोडिएको छ । उनले एक बाघले गाई र बाच्छीलाई खान लाग्दा भगवान श्रीकृष्णले दुहुनुगाईको जीवन बचाएका थिए ।
देवराज इन्द्रको पूजा मात्र हुने गरेकोमा श्रीकृष्ण प्रकृति स्वरुपमा रहेको गोवद्र्धन पर्वतलाई पूजा गर्न भनेपछि उनै गोवद्र्धन पर्वतलाई उठाएर गाई, गोठालो जीवन र प्रकृतिको संरक्षण गरेको धार्मिक विश्वास रहेको छ ।
पौराणिक कथामा कामधेनु नामक दिव्य गाईलाई इच्छा पूरा गर्ने शक्ति भएको प्रतीकका रूपमा वर्णन गरिएको छ ।

गाईप्रति कृतज्ञ
गाईको दूधबाट दही, घिउ, मही तथा विभिन्न परिकार तयार हुन्छ भने गोबर परम्परागत कृषि र ग्रामीण जीवनमा उपयोगी रहँदै आएको छ । यही जीवनोपयोगी योगदानका कारण गाईलाई आमासरह सम्मान गर्ने परम्परा रहेको भएको मानिन्छ।
गाई तिहारले पशुप्रति दया, करुणा, कृतज्ञता र संरक्षणको भावना विकास गर्न प्रेरित गर्छ। धार्मिक आस्था र सामाजिक जीवनलाई जोड्ने यो पर्व नेपाली संस्कृतिको महत्वपूर्ण पहिचानका रूपमा रहँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल