नुवाकोट– भोटेकोशी त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएका रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका स्थानीयवासी थातथलो फर्किएन थालेका छन् ।

विस्थापितमध्ये ५९ घरधुरीका एक÷एक जना प्रतिनिधि सोमबार सुरक्षित स्थान पहिचान तथा पैदलमार्ग निर्माणका लागि खैदी गाउँतर्फ लागेको बताइएको छ ।

स्थानीय कामीनुर्पु तामाङको नेतृत्वमा गएको टोलीले खैदी पुगेर बस्ती पुनःस्थापनाको तयारी गर्ने बताए ।
काठमाडौंस्थित स्वयम्भूको मुस्ताङ गुम्बामा आश्रय लिएर बस्दै आएका उनीहरू सुरक्षित स्थानको पहिचान, पैदलमार्ग निर्माण तथा आधारभूत व्यवस्थापनका लागि आफ्नो थलो फर्किन थालेका हुन् । लेन्दे–भोटेकोशी त्रिशूली नदीको बाढीले सडक तथा पुल बगाएपछि टिमुरे आवतजावत गर्न र आवश्यक सामग्री ओसारपसार गर्न कठिनाइ भएको छ । पैदलमार्गको अभावमा थप समस्या भएपछि स्थानीयवासी आफैँ मिलेर गोरेटो बाटो निर्माणमा जुट्न लागेका छन् ।

“बाढीले सडक र पुल बगाएपछि आवतजावत गर्न निकै कठिन भएको छ । आवश्यक सामान लैजानसमेत बाटो छैन । त्यसैले सबै मिलेर पैदलमार्ग निर्माण गर्न लागेका छौँ,” उनलेभने, “खैदी पुगेर अस्थायी आवास निर्माण गर्न र खाद्यान्नलगायत आधारभूत व्यवस्था गर्नुपर्नेछ । त्यहाँ अहिले केही पनि छैन ।”
त्यसैले सहयोगी दाताहरूसँग समन्वय गरिदिन आग्रह उनले आग्रह गरेको बताए ।

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कुल ११८ विस्थापित घरधुरीमध्ये तत्कालका लागि ५९ घरधुरीका प्रतिनिधि मात्रै फर्किएका हुन् । उनीहरू सबै विस्थापितलाई तत्कालै फर्काउनुअघि बाटो निर्माण, सुरक्षित स्थानको पहिचान र आधारभूत व्यवस्थापनको तयारी गर्न अगुवाका रूपमा खैदी जान लागेका हुन् ।

स्थानीय फुर्पुदोर्जे घलेले आफ्नो थातथलोमा फर्किएर पुरानो परम्परा, संस्कृति र रीतिरिवाज जोगाउनु पर्ने बताए । “हामी आफ्नो थातथलो फर्कन तयार छौँ। गएर हिजोदेखिको परम्परा, संस्कृति र रीतिरिवाज जोगाउनु छ । रसुवागढी नाकालाई पनि छिटोभन्दा छिटो पुनः सञ्चालन गर्नुपर्नेछ । हामी त्यसैका लागि फर्कन चाहन्छौँ,” उनले भने, “सधैँ यसरी होल्डिङ सेन्टरमा बसेर सम्भव हुँदैन ।”

बाढीले उक्त क्षेत्रमा रहेको रसुवा भन्सार कार्यालय, मितेरी पुल, विद्यालय, गुम्बालगायत सरकारी तथा निजी संरचनामा ठूलो क्षति पु¥याएको थियो । बाढीपछि विस्थापित टिमुरेवासी काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिएर बस्दै आएका छन् ।
उक्त गुम्बामा४११ जना आश्रय लिइरहेका छन् । आश्रितमध्ये १ सय ७१ जना बालबालिका र ८० जना ज्येष्ठ नागरिक छन ्।

थालथलो फर्कने तयारीमा रहेका बाढी पीडितहरुले सुरक्षित आवास, खाद्यान्न, आवतजावतका लागि पैदलमार्ग तथा अन्य आधारभूत आवश्यकताको व्यवस्थापन सहित सहयोगको अपेक्षा गरेका छन् ।
साभारः इन्सेकको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल