काठमाडौं– मकवानपुरमा सुमो दुर्घटनामा तीनको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।


विहिबार मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा भएको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार हेटौंडाबाट काठमाडौं जाँदै गर्दा बिहान साढे आठबजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई करिब १० मिटर तल भैंसेखोलामा झरेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २०÷२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् ।

त्यसैगरी दुर्घटनामा घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन छन् भने चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान रानामगर रहेका छन् ।

दुर्घटनामा घाइतेहरु सातै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम खालको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल