विदुर- नुवाकोट – नेपाल क्रिकेट संघ (क्यान) को सोमबार भएको बैठकले क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक क्यानको केन्द्रिय आर्थिक विभागमा सदस्य पदमा मनोनित भएका छन् । समितिमा संयोजक रोशनकुमार सिहं र सदस्य माधव कर्माचार्य रहेका छन् ।

क्यानले आर्थिक समितिसहित प्रतियोगिता, प्राविधिक समिति र मिडिया समितिमा सदस्य चयन गरी सबै समितिलाई पूर्णता दिएको छ।

क्यानले प्रशान्त विक्रम मल्ललाई प्रतियोगिता समितिको संयोजक तोकेको छ। समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टले सदस्यको जिम्मेवारी पाएका छन्।

प्राविधिक समितिमा संजयराज सिंह संयोजक रहेकोमा वीरेन्द्रबहादुर चन्द, अमितविर पाण्डे, अरुणकुमार अर्याल र संजय गुरुङलाई सदस्य तोकिएको छ।

यस्तै मिडिया समितिमा क्यान सचिव अशोकनाथ प्याकुरेल संयोजक छन् भने भानुभक्त सिग्देल सदस्य छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल