विदुर, नुवाकोट – बन्दाबन्दीका कारण यति बेला होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा आएका छैनन् । पर्यटन क्षेत्रका होटल व्यवसायीहरू पलायन समेत हुँदै गएको स्थितिमा नुवाकोटका होटल व्यवसायी तथा रेस्टुरेन्ट व्यवसायीले संक्रमणकालसम्मको कर तथा राजस्व छुट गर्न आग्रह गर्दै सरकारलाई १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
आईतबार कोरोनाभाइरसका कारण जिल्लामा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसाय धराशयी बन्दै गएको भन्दै नुवाकोट होटल व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा बन्दाबन्दीको अवधिसम्मको व्यवसायीले प्रयोग गर्दै आएको पानी, विद्युतको लाग्ने महसुल छुट गर्न, व्यवसायीहरुको घर बहाल पूर्ण छुट गर्न, बैँकको ब्याजदर छुट तथा किस्ता समायोजनको व्यवस्था मिलाइ दिन र होटल तथा पर्यटन व्यवसायीलाई सहुलियत ब्याजमा ऋण एवं अनुदानको व्यवस्था मिलाउन माग गरिएको छ ।
साथै विदुर नगरपालिका-४ बट्टार बसपार्क सडकस्थित रहेको होटल सन्ध्याका घरधनी साधुराम रिमालले तीन महिनाको घरभाडा मिनाहा गरेका छन्।
देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आइतबार दिउँसो १ बजे एकैस समयमा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले ध्यानाकर्षणपत्र बुझाएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !