नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको छ ।

तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज तिनका आफ्नै घरबाट पक्राउ गरिएको  प्रहरीले जनाएको छ । 

सानुबाबुका घरमा लुकाएर राखिएको बन्दूकसहित उनीहरुलाई पक्राउ गरिल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । अभियुक्तहरुलाई हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने बताइएको छ   । 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल