विदुर – नुवाकोटमा एक हप्ताभित्रमा सर्पले टोकेर दुई जना घाइते भएका छन् ।
सर्पको टोकाईबाट लिखु गाउँपालिका-१ बोरापानीका रामकुमार तामाङको १० वर्षिया छोरी जेनिसा तामाङ घाइते भएको प्रहरीले जनाएको छ।
उनी आफ्नै घर नजिकै बाटोमा खेल्ने क्रममा सर्पले दाहिने खुट्टामा टोक्दा गम्भिर घाईते भएकी थिईन्। उनीलाई थप उपचारको लागि काठमाण्डौ लागिएको जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।
यस्तै असार १९ गते म्यागङ गाउँपालिका टक्सारका मनिषा सापकोटालाई पनि सर्पले टोकेको प्रहरीले जनाएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !