विदुर, नुवाकोट – बागमती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना गरेको छ । उदीयमान प्रविधिको विकास र नवप्रवर्तनमा युवा वैज्ञानिकहरुलाई संलग्न गराई अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमा क्षमता विकास गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरिएको हो ।

युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापनाबाट प्रदेशको उच्च आर्थिक वृद्धि र नागरिक जीवन पद्धतिलाई सरल र सहज बनाउन योगदान पुर्‍याउने प्रदेश सरकारको अपेक्षा रहेको छ । नवप्रवर्तन र प्रविधिको प्रोटोटाइप विकास गर्न चाहने युवा वैज्ञानिकहरुले आफ्नो परियोजनाको अवधारणा पत्र सामाजिक विकास मन्त्रालयको युवा वैज्ञानिक पोर्टलमा गएर फाइल पेश गर्न सक्नेछन् ।

कोषले जनस्वास्थ्य क्षेत्रका कोरोना महामारीलगायत अन्य सर्ने खालका रोगको महामारी र नसर्ने खालका आनुबंशिक उत्परिवर्तनबाट हुने रोगबाट मानव जीवन सुरक्षित बनाउन नयाँ रोग निदान र उपचारका उपाय, स्वास्थ्य सुरक्षा प्रणाली, रोग प्रतिरोधात्मक क्षमता विकासका लागि उपयोगी औषधी, जडिबुटी, खाद्य आदिको लागि हुने विधि, प्रविधिको, प्रोटोटाईपको विकास र नवप्रवर्तन लगायतका विषयलाई प्राथमिकतामा राखेका छन्।

यस्तै कोषले कृषि क्षेत्रका पर्वतीय कृषि र जैविक अर्थतन्त्रको विकासका लागि उपयुक्त बैज्ञानिक विधि प्रविधिको विकास र नव प्रवर्तन विषयलाई प्राथमिकतामा राखेका छन्।

प्रस्ताव आह्वानको सन्दर्भमा प्रकाशित विस्तृत सूचना

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल