असार ३० नुवाकोट | नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ | राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा नुवाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ | योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ |
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !