जिल्ला प्रहरी कार्यालय नुवाकोटले मंगलबार विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका चौकीले कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी गाउँ र शहरका भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको थाहा पाई तीन सय लिटर घरेलु मदिरा फेला पारेर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए।
प्रनि फुयाँलका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याई कारवाही गरिने छ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !