काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवम् बागमती प्रदेश सभाका सांसद केशवराज पाण्डे र राजेन्द्रप्रकाश लोहनी एउटै मञ्चमा देखिएका छन् ।

विगतमा पार्टीभित्र दुई गुटको नेतृत्व गर्ने नेताहरू मंगलबार काठमाडौँमा भएको पूर्व एमाले निकटका अनेरास्ववियूका नेताहरूको भेलामा एउटै मञ्चमा देखिएका हुन् । अनेरास्ववियूका नेताहरूले दुवैको एउटै मञ्चको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरेका छन् ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको समयमा २०३७ सालदेखि हालसम्मका अनेरास्ववियू नुवाकोटका पदाधिकारीका लागि गरिएको भेलामा नेताद्वय पाण्डे र लोहनी एउटै मञ्चमा देखिएका हुन् ।

भेलामा उनीहरूले संगठन निर्माणमा जोड दिँदै विचारले पार्टी चल्नुपर्ने भन्दै अनेरास्ववियूका पूर्व नेताहरूको एउटा मञ्च गठन गरेर नेकपालाई गतिशिल बनाउने विषयमा निष्कर्ष निकालेको अनेरास्ववियू नुवाकोटका संयोजक विष्णु दाहालले जानकारी दिए ।

भेलाले वैचारिक बहस चलाउनका लागि पाठ्यक्रम विकास गर्ने जिम्मा रामलाल श्रेष्ठलाई दिएको छ भने पूर्व नेताहरूको समन्वयको जिम्मेवारी अनेरास्ववियू नुवाकोटका पूर्व अध्यक्ष अनुजकुमार श्रेष्ठलाई दिएको छ ।

भेलामा सांसद बद्री मैनाली, रामशरण प्याकुरेल, गणेश श्रेष्ठ लगायत पार्टीका नेताहरू समेत सहभागी रहेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल