विदुर, नुवाकोट – तादी गाउँपालिकाका थप एक जनालाई कोरोना संक्रमण भएको पुष्टीसँगै नुवाकोटमा संक्रमितको संख्या ३२ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा तादी गापाका २७ वर्षिय युवामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए।बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हिजो मङ्गलबार पनि तादी गाउँपालिकाका १९ वर्षिय एक युवामा कोरोना संक्रमण देखिएको थियो।

हालसम्म नुवाकोटमा २१ जनाले कोरोनालाई जित्दै निको भइ घर फर्केका छन् । यस्तै ११ जना आइसोलेशनमा उपचारत रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल