काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि बालुवाटारमा वार्तामा बस्दैछन् ।

बिहीबार बिहान ११ बजेपछि अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भएकाे हो ।

पार्टीमा बढेको विवादको विषयमा ओली र प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन । १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ ।

प्रचण्डसँगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याउने गरेका छन् । उनीहरुबीच बुधबार पनि अढाई घण्टा छलफल भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल