हेटौंडा – बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरिने कार्यका लागि कार्यसम्पादन करार सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरुले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रतिबद्धतासहितको करारपत्र बुझाएका थिए भने मुख्यमन्त्री पौडेल र मन्त्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले तोकिएको अवधिमा यति काम गर्न सक्छु भनेर अग्रीम प्रतिबद्धता गरिएपछि योजनाले मूर्तरुप पाउन सहज हुने धारणा राखे । कार्यसम्पादन करारले मन्त्री तथा मन्त्रालयका कर्मचारीलाई काम गर्न नैतिक दवाव दिने भएकाले प्रदेशको नीति तथा योजना पूरा गर्न मद्दत गर्ने उनको भनाइ थियो । 

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलाल तथा मुख्यमन्त्री पौडेलबीच करार सम्झौता भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल