विदुर । नुवाकोटमा लकडाउनका कारण बिध्यालय जान नपाएका वाल–वालिकाहरुलाई पिपलटार फूटवल क्लवले निशुल्क जुनियर फूटवल प्रशिक्षण आजदेखि सुरु गरेको छ ।
विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० जना खेलाडीहरुलाई यस क्लवले आजवाट नियमित फुटबल खेल्न र खेलकाबारेमा प्रशिक्षण दिने पिपलटार फूटवल क्लवका अध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभएको हो । अध्यक्ष पनेरुका अनुसार नुवाकोटमा फूटवल खेलको विकास, प्रर्वद्धन र खेलाडी उत्पादन गर्ने लक्ष्य सहित साना–साना वाल–वालिकाहरुलाई अहिलैवाट फूटवल खेलमा रुची र खेलको नियमवारे खेलाडीहरु जानकार हुने उदेश्यका साथ प्रशिक्षण दिन सुरुगरिएको उहाँले बताउनु भयो । ‘यस क्लवले स्थापनाकाल देखि नै बिभिन्न फूटवल प्रतियोपगतामा सहभागिता जनाउदै उत्कृष्ट प्रर्दशन गर्न सफल समेत भएको छ’ । उहाँले बताउनु भयो । ‘हाम्रो क्लवले पहिलोपल्ट जिल्लामा निशुल्क जुनियर फूटवल प्रशिक्षणको सुरुवात गरेकाछौ । प्रशिक्षण दिनुको मूख्य उदेश्य भनेको जिल्लामा लिग कप स्तरीय प्रतियोगिता खेल्दै राष्ट्रिय स्तरको सि–डिभिजन छनोट खेल्ने लक्ष्यका साथ अहिलैवाट जुनियर उमेरका समुहलाई प्रशिक्षण दिईरहेको हो’ ।
जिल्ला फूटवल सघंको प्राविधिक सहयोगमा प्रशिक्षक सन्तोष थापाले नियमित बिहाँन दुई घण्टा प्रशिक्षण दिने पिपलटार फूटवल क्लवले जानकारी दिएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !