बिदूर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरिएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा राहदानी शुल्क दस्तुरअन्तर्गत रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका लेखापाल उज्वल दनवारले बताउनुभयो ।
त्यस्तै गत आर्थिक वर्षमा कार्यालयले प्रशासनिक दण्डजरिवाना र जफत दस्तुरअन्तर्गत रु ७५ हजार १३०, हातहतियारको कागजपत्र दस्तुरअन्तर्गत चार हजार ७४०, एजेन्सी रजिष्ट्रेशन दस्तुरबापत दुई लाख ३७ हजार ९२०, परीक्षा शुल्क दस्तुरबापत नौ हजार २०० र बेरुज फिर्ता दस्तुरबापत २१ हजार १४१ गरी कूल रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !