नुवाकोट – उधम बिकास सहजकर्ता सघं नुवाकोटले शनिवार बसेको भेलामा नौ जनाको कार्याय समिति गठन गरेको छ ।

विदुर नगरपालिका–५ स्थित पिपलटारका युवा तथा समाजसेवि प्रदिप कुमार भट्टको अध्यक्षतामा नौ जनाको कार्यासमिति चयन भएको छ । जिल्लामा भएका लगु उद्यमीहरुको लागी नयाँ उद्योगहरु सृर्जना गर्नुका साथै उद्यमीहरुको हकहीतका लागी सहज हुने उदेश्यले यस समिति गठन भएको उधम बिकास सहजकर्ता सघंका नव–निर्वाचित अध्यक्ष प्रदिप कुमार भट्टले जानकारी दिनुभएको छ । अध्यक्ष भट्टका अनुसार देश, जिल्ला र स्थानियतहलाई विकासमा राम्रो बनाउने हो भने सबै भन्दा पहिला धेरै र गुणस्तरीय उद्योगहरु सन्चालनमा आउनु पर्ने अहिलेको मुख्य विकास रहेको उहाँले बताउनु भयो । भट्ट भन्नु हुन्छ ‘विना उद्यम कुनैपनि देश, जिल्लाहरु विकास भएको छैनन् । उद्यम भन्ना साथ हामीहरुले उधम, इलम, जिवन निर्वाहकालागी उर्पाजनलाई गरिने एक मुख्य काम वा श्रम, मेहनत, व्यापार, व्यवसायमा प्रयत्न प्रयास भनेर बुझ्छौ’ । उहाँले भन्नु भयो ‘आय आर्जनका लागी साना देखि ठुला सम्मका उद्योग, कल कारखाना लगाएतका सबै उद्योगीहरुलाई सहजरुपमा लैजानका लागी पनि उधम बिकास सहजकर्ता सघं हाम्रो जिल्लामा सन्चालनमा ल्याईएका हौ’ ।

अध्यक्ष भट्टले जिल्लामा भएका उद्योगहरुको जर्गेना गर्नुका साथै घरेलु तथा मझौला व्यवसाय गर्नेहरुका निमित्त यस समिति सधै तत्पर रहने उहाँले जानकारी दिनुभएको हो । समितिको उपाध्यक्षमा बद्री पौडेल, सचिवमा कोपिला भट्ट, कोषाध्यषमा तुलसा पौडेल रहेका छन् भने सदस्यहरुमा श्रिकुष्ण कुमाल, तेज प्रसाद भट्ट, अमृता ढुङ्गाना, सम्झना बाग्डा, रुपा अर्याल गरी नौ जना समितिमा रहेको अध्यक्ष भट्टले जानकारी दिनुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल