नुवाकोट,
१९ साउन
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दैनिक रुपमा सचेतना मुलक प्लेकार्ड प्रदर्शन तथा मास्कको प्रयोग नगर्नेहरुलाई कारबाही गदै आईरहेको छ ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ न्यूनिकरण तथा रोकथामका निमित्त नेपाल राष्ट्रले लागु गरेको निती तथा नियमहरुको कार्यान्वयन गर्ने क्रममा आज विदुर नगरपालिका–९ स्थित ईन्टेक, वडा न.१ स्थित त्रिशुली बजार र वडा न.५ स्थित गंगटे मा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट डिएसपी राजेश थापा सहितको प्रहरी टोलीले सोही स्थानहरुमा सचेतना मुलक प्लेकार्ड प्रदर्शन गरेको प्रनाउ राजेश थापाले जानकारी दिनुभएको हो । प्रनाउ थापाको अनुसार सोही स्थानमा मास्कको प्रयोग नगरी टोल, टोलमा डिड्डुल गर्नुका साथै बाटोहरुमा बिना काम मास्क नलगाई ओरो दोहोरो गर्ने ३५० जना मानिसहरुलाई सम्झाई बुझाई गरी मास्को प्रयोग गर्न आग्रह गरी पठाएको उहाँले जानकारी दिनुभएको हो ।
त्यस्तै, नुवाकोट प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार कोरोनाको त्रास समुदायमा फैलिरहदा पनि मास्को बिना प्रयोग अटेर गरी समुदायमा, बाटोमा, सार्बजानिक स्थानहरु लगाएतका ठाउँहरुमा हिड्डुल गर्ने ६५ जना मानिसहरुलाई जनही रु.एक सयका दरले जरिवाना गरी मास्कको प्रयोग गर्नुका साथै साबुन पानीले छिन् छिन्मा हात धुनु पर्छ भन्ने जनचेतना मुलक सुचना दिएर पठाएको उहाँले बताउनु भयो । प्रहरी प्रमुख काफ्ले भन्नु हुन्छ ‘नुवाकोट प्रहरीले समग्रमा नुवाकोटको विभिन्न स्थान र नगर एरियाहरुमा दैनिक तथ्याङको आधारमा हालसम्म ८९ जना मास्क नलगाई हिडेका मानिसहरुलाई जरिवाना गरीएको छ भने ४ सय ९० जनालाई सम्झाई बुझाई गरी मास्कको प्रयोग गर्न लगाई छाडिएको छ’ । नुवाकोटमा अहिले सम्मको परिबेशमा लकडाउन खुकुलो भए प्रश्चात ३ सय ३५ जना मास्को प्रयोग गर्न अटेर गर्ने मानिसहरुलाई रु. सयका दरले जरिवाना गरी रु.३३ हजार ५ सय राजस्व संकलन भएको र ३ हजार ३ सय १५ जनालाई सम्झालाई पठाएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल