नुवाकाेट- नुवाकाेट विदुर नगरपालिका-४ का वडा अध्यक्ष टकमान श्रेष्ठले सरकारी सेवा-सुबिधा बापत अाएका रकम समाजसेवा र जनताकाे काममा लगाएका छन्।
विदुर नगरपालिका-४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले विगत तीन बर्षदेखि सरकारी सेवा-सुबिधा बापत अाएकाे।तलव , भत्ता रकम उहाँले नलिएका छन्। वडा अध्यक्ष श्रेष्ठका अनुसार पछिल्लाे समय वडा अध्यक्षकाे भत्ता बापत अाएकाे पैशा समाजिक कार्यमा खर्च गरेकाे जानकारी दिनुभएकाे छ। वडा अध्यक्ष श्रेष्ठ भन्नू हुन्छ “मैले अाफनाे नाममा अाएकाे तलव, भत्ता रकम अाफु वडा अध्यक्षकाे पदमा रहुन्जेल सम्म नलिने घाेषणा गरेकाे छु। मेराे खाता अाएमाे रकमहरु अाफनाे वडाकाे विभिन्न समाजिक तथा नागरिककाे काममा लगानी गर्ने गरेकाे छु र गरिरहने प्रतिवद्वता समेत व्यक्त गरेकाे छु”। उहाँ भन्नू हुन्छ “अाफनाे वडा र वडाका सबै मेरा नागरिकहरुका लागी अाफुले सक्ने सबै सहयाेग गरीरहने छु”।
वडा अध्यक्ष श्रेष्ठले अाफनाे वडामा साना देखि ठुला कामका याेजनाका बजेट,समाज सेवा , पाटी,मठमन्दीर, घण्टाघर, जेष्ठनागरिक प्रतिक्षलय,चाैतारा लगाएका कामहरु गरेकाे स्थानियहरुले जानकारी दिनुभएकाे छ। उहाँले बट्टार किरीयापुत्री भवन निर्माणकाेलागि रु.५० हजार, जेष्ड नागरीक दिवा अाश्रमकाेलागी रु.१० हजार,फूटवल प्रतियाेगिताका लागि रु.२० हजार र लाखे नाच संरक्षण समितिलाई रु.१० हजार दिएकाे उहाँले जानकारी दिनुभएकाे छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल