विदुर, नुवाकोट – भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रमको आयोजना गरी नुवाकोटमा पनि मनाईयो । कोरोनाभाइरसका कारण नुवाकोटमा गाईजात्रा निकालिए तापनि सिमित स्थानमा मात्र लाखे नाच प्रदर्शन भएको छ ।

आजका दिन १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

माहामारीको समयमा पनि परम्परालाई निरन्तरता दिदैं सिमित समय र स्थानहरुमा गाईजात्रा गरिएको विदुर नगरपालिका-१ त्रिशुलीका कविन्द्रमान प्रधानले बताए । यस्तै विदुर नगरपालिका-२ नुवाकोटमा भने विधिवत रुपमा धुमधामका साथ एक मूल गाईसहित १६ गाई निकालिएको स्थानीय महेन्द्र श्रेष्ठले बताए । जात्रामा प्रायले मास्क लगाएको थियो ।

बेत्रावतीमा भने गाईजात्रा तथा लाखे नाच प्रदर्शन भएको छ । स्थानीय शशीकुमार डंगोलका अनुसार कृष्ण मन्दिरमा विधिवत् रुपमा पुजापाठ, भजनकिर्तन, लाखे नाँच र गाईजात्रा गरिएको छ । एउटा मूल गाई र तीन वटा साधारण गाई निकालिएको थियो ।

संस्कृति लोप हुन नदिनको लागि गाई निकालेका आफन्त बाहेक सिमित स्थानीयमात्र भेला भएर छोटो समय जात्रा प्रदर्शन गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल