नुवाकाेट-नुवाकाेट विदुर नगरपालिका कार्यलयले किसानहरुलाई बाँदर धपाउने यन्त्र बितरण गरेकाे छ।
विदुर नगरपालिकाले बिगत केही बर्ष देखि किसानले लगाएकाे खेतिपाती र अन्न बालीहरुमा बाँदरले अातकं मच्चाएपछि नागरीकहरुकाे गुनासाे र समस्यालाई समाधान गर्ने उदेश्यले बाँदर धपाउने यन्त्र नगरले खरिदगरी बितरण गरिएकाे विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले जानकारी दिनुभएकाे छ। मेयर पण्डित भन्नू हुन्छ “याे यन्त्र विदुर नगरपालिकाद्वारा जय लक्ष्मी हार्डवेयर एंड सेनिटरी प्रा.लि. पुतलीबजार, स्याङ्जाबाट खरिद गरिएको हाे। यस्काे प्रयाेग P.V.C पाइपमा कार्वाइड प्रयोग गरी ग्यास निकालेर गरिन्छ। ग्यास निकाल्दा ठूलो ध्वनि निस्कने हुन्छ सुन्दा बन्दुक पड्केकाे जसरी अावाज अाउने हुदाँ उक्त ध्वनीबाट बाँदर,बँदेल भगाउने/तर्साउने र त्यसबाट कुनै वातावरणमा असर नपर्ने भएकोले यस्काे प्रयाेग गर्दा स्थानियहरुलाई केही असर नपर्ने भएकालेनै नगर बासिहरुकालागी यस यन्त्र ल्याईएकाे हाे”। “किसानहरुले फगाएकाे खेतिमा बाँदरले हुलदङ्गा गर्ने,मकै, धान, गहुँ लगाएतका अन्न बालीहरुलाई बिनास गर्ने हुदा स्थानियहरुकाे खेति जाेगाउने उदेश्यले नै यश यन्त्र खरिद गरि बितरण गरेका हाै”। मेयर पण्डितका अनुसार बाँदर धपाउने यन्त्र विदुर नगरपालिकाले १०० थान खरिद गरिएकाे जानकारी दिनुभएकाे छ। नगरपालिकाकाे-१३ वटै वडाहरुका बस्तीहरुमा वाँदर लाग्ने स्थानहरु पहिचाँहान गरि किसानहरुले आफुले लगाएका वालीनाली नस्ट हुनबाट जोगाउनको लागि यस यन्त्र वितरण गरिएकाे बताउनु भयाे।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !