नुवाकोट । विदुर नगरपालिका र ककनी गाउँपालिकालाई जिल्ला प्रशासन कार्यलय नुवाकाेटले निशेधाज्ञा जारी गरेको छ ।
विदुर नगरपालिका र ककनी गाउँपालिकामा १/१ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि विदुर नपा र ककनी गापामा निशेधाज्ञा जारी गरिएको हो । विदुर नगरपालिका-९ मा १ जना महिलामा काेराेना संक्रमण पुष्टीभएसंगै विदुरमा नागरिकहरुलाई सचेत गराउन र काेराेना संक्रमणवाट जाेगाउन निशेधाज्ञा जारी गरेकाे विदुर।नगरपालिकाका मेयर सन्जु पण्डितले जानकारी दिनुभएकाे हाे। त्यस्तै,ककनी गाउँपालिका-५ मा १ जना पुरुषलाई मंगलवार कोरोना सङ्क्रमण पुष्टि हुदाँ ककनीमा पनि निशेधाज्ञा गरिएकाे छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार विदुर नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णय सिफारिसको आधारमा नगर क्षेत्र भित्र बुधबार साझ ६ बजेदेखि देखि अर्को सूचना नआउन्जेलसम्मलाई निशेधाज्ञा जारी गरिएको उहाले जानकारी दिनुभएकाे हाे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल