नुवाकोट, नुवाकोट क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य माननिय सासंद नारायण प्रसाद खतिवडाले त्रिशुली अस्पतालको लागी पिसिआर ल्याब परीक्षण मेसिन खरिद संन्चालनको लागी रु.७६ लाख रकम दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नुवाकोट कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आज बसेको (अmअ० बैठकको निर्णअनुसार जिल्ला स्थित त्रिशुली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा संचालन गर्नका लागीे स्थानिय पूवार्धार साझेदारी कार्याक्रम अन्र्तगत माननिय खतिवडाले कोरोना परीक्षणको लागी पिसिआर मेसिन खरिद गर्न रु.७६ लाख बजेट छुटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । माननिय खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणको लागी ढिला सुस्ती नहोस र सर्वसाधारणले चाडै परीक्षण भई उपचार पाउने छन् भन्ने उदेश्यले पिसिआर ल्याब मेसिन खरिद गर्नलाई बजेट दिने निर्णय गरेको उहाँले बताउनु भयो । खतिवडा भन्नु हुन्छ ‘पिसिआर ल्याब मेसिन नुवाकोटमा नहुदाँ स्वाव परीक्षणको लागी काठमाण्डौ पठाउदा हप्तादिन कुर्नुपर्ने बाध्यता अन्त्यकोलागी पनि पिसिआर ल्याब मेसिन खरिद गर्ने निर्ण गरेको हुँ’ ।
त्यस्तै, विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेसिन खरिद गर्नको लागी विदुर नगरपालिकाले टेन्डर प्रक्रिया अगाडी बढाउने जानकारी दिनुभएको हो । मेयर पण्डित भन्नु हुन्छ ‘ तत्कालै हामीले नगरपालिकावाट पिसिआर मेसिन खरिद गर्न टेन्डर आव्हन गरी खरिद गर्ने छौ । पछि नगरपालिकाको रकमलाई स्थानिय पूवार्धार साझेदारी कार्याक्रम अन्र्तगत विदुर नगरपालिकालाई श्रोतभर्ना गरीनेछ’ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल