नुवाकाेट – नुवाकाेटकाे विदुर नगरपालिका-४ काे वडा कार्यलयले सेवाग्राहीहरुकाे लागि काेराेना संक्रमण राेकथाम र नियन्त्रणकाे लागि हात धुने कर्नर स्थापना गरिएकाे छ।

महामारीकाे रुपमा फैलिरहेकाे काेराेना भाईरसवाट जाेगिन वडा कार्यलयमा आउने सेवाग्राहीहरुका लागि हात धुन सहज वातावरण सृर्जनाहाेस भन्ने उदेश्यले कर्नर राखिएकाे विदुर नगरपालिका-४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिनुभएकाे छ। वडा अध्यक्ष श्रेष्ठ भन्नू हुन्छ “कोरोना रोकथाम र नियन्त्रण को लागि समुदाय स्तरमा संक्रमण फैलदै गर्दा वडा कार्यालयमा आाउने सेवाग्राहीहरुका लागि हातधुने कर्नर सुचारू गरेका छाै। काेराेना भाईरस मात्र हैन मानिसकाे हातमा हरेक प्रकारका भाईरसहरु बसीरहेका हुन्छन्। बेला, बेलामा सकेसम्म आफनाे हात साबुन पानीले धाेईरहनु पर्छ यसाेगर्दा स्वास्थ्यकाे लागि पनि राम्राे हुन्छ”।

हात धुने कर्नरमा ५ सय लिटर पानी र साबुनकाे व्यबस्था गरिएकाे वडा कार्यलयले जानकारी दिएकाे छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल