विदुर । नुवाकोटमा आज सात जनामा कोभिड–१९ (नोबेल कोरोना भाईरस) को संक्रमण भेटिएको छ ।

यस अघिका संक्रमितको ‘कन्ट्रयाकट्रेसिङ्ग’को क्रममा सात जनाको भाइरसको संक्रमण फेला परेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार विदुर नगरपालिकाका ६ जना र पञ्चकन्या गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । यो सहित नुवाकोटका ५३ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । १० जना उपचार गरिरहेका छन् । पाँच जना नुवाकोटमै र ५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आज फेला परेका सबै सातै जनालाई नुवाकोटकै अस्पतालमा राखेर उपचार गरिने छ ।

आज एकै पटक समुदायस्तरका सात जनामा संक्रमण फेला परेपछि नुवाकोट थप असुरक्षित र जोखिमपूर्ण देखिएको छ । नुवाकोटमा अत्यावश्यक बाहेकका सेवालाई कम गरिएपनि संक्रमणको बढ्दो संख्या र शलीसंगै पूर्ण लकडाउन हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल