नुवाकाेट- जिल्ला प्रशासन कार्यलय नुवाकोटले कोभिड-19 को जोखिम बढिरहेको वर्तमान अवस्थामा सरकारी तथा सार्वजनिक निकायमा सेवाग्राहीको अनावश्यक भीडभाडलाई कमगर्न मोवाईल फोनबाट नै आजदेखि सेवाको संचालन तथा व्यवस्थापनकाे सुरुवात गरेकाे छ ।

काेराेनाकाे संक्रमण समुदाय स्तरमा फैलिरहेकाे हुँदा संक्रमण राेकथाम तथा नियन्त्रणका लागि सेवाग्राहीहरु लाई आफनाे कामकाे विषयमा जानकारी लिई सेवा लिन आउने प्रयोजनको लागि माेवाईल फाेन बाटनै पनि सुचना लिन सकिने प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिनभएकाे हाे।

प्रजिअ ढकालका अनुसार समुदमयमा काेराेनाकाे त्रास बढी रहेकाे हुँदा जिल्ला स्थित कार्यालयहरुमा आमनागरिकहरुले हरेक कार्यलयमा साधारण साेधपुछकाे काममा पनि जिल्ला धाएर आउनु पर्ने बाध्यताकाे अन्त्य गर्दै जिल्लाकाे सबै सरकारी कार्यलयकाे माेवाई नम्वर र सम्पर्क व्यक्ति समेत तोकिएको उहाँले बताउनु भयाे।

माेवाईवाट नै धेरै कामहरुकाे सुचना लिन सरल र सहज हुने भएकाेले माेवाईल फाेन सेवा सन्चालनमा ल्याईएकाे उहाकाे भनाई रहेकाे छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल