नुवाकोट, नुवाकोटको शिबपुरी गाउपालिकामा ०७६ चैत महिनामा पाँचजनाको समुहमा आएका व्यक्तिहरुले एक महिलालाई बलात्कार प्रश्चात चोरीगरी फरार रहेका आरोपितहरुलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
शिबपुरी गाउपालिका–५ स्थित कुखुरे घर भएका ३७ बर्षिय एक महिलालाई गत बर्ष ०७६ चैत महिनाको–२ गतेको दिन आफनै घरमा सुतिरहेको अवस्थामा चार÷पाँच जनाको समुहले पिडित महिलालाई पालैपालो जबरजस्ती करणी गरी दराजभित्र रहेको नगद पैशा र मोबाईल फोन चोरी तथा डाँका गरी फरार रहेका प्रतिवादीहरुलाई नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । घटना प्रश्चात फरार प्रतिवादीहरुले हतारमा आफुले बोकेको मोबाईल फोन घटना स्थलमानै छाडी फरार रहेको हुदाँ सोही मोबाईलको कलडिटेल्स तथा कलवाईज टावर लोकेशन हेर्दा उक्त मोवाईल फोन प्रयोगकर्ता प्रतिवादी शिबपुरी गाउँपालिका–५ का २५–बर्षिय उमेश तामाङ रहेको र सोहि फोनवाट अरु प्रतिवादीहरुलाई समेत पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बिष्णुहरि फुयाँलले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक फुयाँलका अनुसार घटनामा संलग्न प्रतिवादीहरु तामाङ सहित दुप्चेश्वर गाउँपालिका–५ का ३५–बर्षिय सानो कान्छा तामाङलाई काठमाण्डौको सिआइबी समेतको सयुक्त टोलिले खोजि गरीरहेको थियो । खोजतलासि गर्दे जादा घटना पछिको केहिदिनमै अर्थात चैत–६ गते काठमाण्डौ स्थित नारनथानमा रहेको घरमा कोठामा लुकिछिपि बस्दै आएको अवस्थामा पक्राउ गरेको उहाँले जानकारी दिनुभएको हो । प्रहरी निरीक्षक फुयाँल भन्नु हुन्छ “गत चैत महिनाको–२ गतेका दिन रातको एक बजेको समयमा चार÷पाँचजनाको समुहमा नचिनेको अपरीचित मानिसहरुले पिडित महिलाको घरको ढोका फुटाई घरभित्र प्रवेश गरी महिलालाई जबरजस्ती करणी गरी घरमा रहेको नगद पैशा रुपैयाँ र मोबाईल समेत चोरी गरी फरार रहेका प्रतिवादीहरुलाई हामीले खोजतलासको क्रममा जिल्लाका सबै साबिकको गाविस र हालको नगरपालिका, गाउँपालिका लगाएतका स्थानहरुमा दिनरात पक्राउको लागी खोजि कार्याय गरीहरहेका थियौ” ।

उहाँले भन्नु भयो “घटना लगतै दुईजना प्रतिवादीहरुलाई पक्राउ गरी जबरजस्ती करणी तथा डाँका सम्बन्धि कसुर मुद्धा अन्र्तगत अनुसन्धान प्रश्चात पुर्पक्षको लागी जिल्ला कारागार चलान गराउन नुवाकोट प्रहरी सफल भएको थियो । अपराधीक क्रियाकलापमा संलग्न भएका प्रतिवादीहरुले घटना घटेको पनि ५ महिना पुरा भईसको अव हामीलाई कहाँ समाउछन् भन्ने भ्रममा रहेका उनिहरुलाई बिहिवार नुवाकोट प्रहरीको टोलिले पक्राउ गर्न सफल भएको छ”। “पक्राउ पर्नेमा शिबपुरी गाउँपालिका–५ का ३५ बर्षिय रमेश तामाङ र लिखुँ गाउँपालिका–२ का ३६ बर्षिय भुपेश घलेलाई आज जबरजस्ती करणी तथा डाँका सम्बन्धि कसुर मुद्धा अन्र्तगत अनुसन्धान प्रश्चात जिल्ला अदालतमा थप अनुसन्धानको लागी पठाइएको छ” । उहाँले “घटनामा संलग्न पाँच जना फरार प्रतिवादीहरु मध्य चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । त्यसमध्य दुईजनालाई पहिलानै पक्राउ गरी जबरजस्ती करणी तथा डाँका सम्बन्धि कसुर मुद्धा अन्र्तगत अनुसन्धान प्रश्चात पुर्पक्षको लागी जिल्ला कारागार चलान गरिसकेको छ भने बिहिवार पक्राउ गरीएका दुईजना फरार प्रतिवादीहरुलाई पनि आवश्यक थप अनुसन्धानको लागी जिल्ला अदालत पेस गरेका छौ । साथै फरार एक प्रतिवादीलाई नुवाकोट प्रहरीले खोजिरहेको छ र चाडैनै पक्राउ गरी कानुनको दायरामा ल्याउने प्रतिवद्धता नुवाकोट प्रहरीको रहेको छ” ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल