नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।
आज आइतबार विदुर नगरपालिकाको क्वारेनटाइनमा रहेका ३ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ५७ पुगेको हो ।
विदुर नगरपालिकाको क्वारेनटाइनमा बसिरहेका ४६, १८ र २२ वर्षिय पुरुषको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये १३ जना त्रिशूली अस्पताल, एक जना खरानीटार अस्पताल र ६ जना काठमाडौंमा आइसोलेसनमा रहेका छन् । ३७ जना भने निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटले जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिईसकेकोले सजग, सचेत र .सुरक्षित रहन आग्रह गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !