विदुर, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ स्थित सिमब्बल खोला नजिककैको भिरवाट लडी आईतवार एक स्थानियको मृत्यु भएको छ ।
तारकेश्वर गाउँपालिका–५ घरवाट आफनो बहीनीलाई भेट्न जान्छु भनि मध्यान्न तिर निस्कीएका ४३ बर्षिय राम बहादुर तामाङ बिचवाटामै भिरवाट खस्दा घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बिष्णुहरि फुयाँलले जानकारी दिनुभएको हो । प्रहरी निरीक्षक फुयाँलका अनुसार गम्विर घाईते भएका तामाङलाई उपचारकोलागि त्रिशुली अस्पताल ल्याउने क्रममा बाटोमानै मृत्यु भएको उहाँले जानकारी दिनुभएको छ । घटनाको थप अनुसन्धान भईरहेको र शवलाई पोष्टमाटमको लागी पक्रिया गरीरहेको जानकारी दिनुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल