विदुर, नुवाकोट जिल्ला अदालतले शिबपुरी गाउपालिकाको एक महिलालाई बलात्कार प्रश्चात चोरीगरी फरार रहेका दुई प्रतिवादीहरुलाई पक्राउ गरी पुर्पक्षको लागि आईतवार कारागार चलान गरिएको छ ।
०७६ साल चैत महिनाको–२ गतेका दिन शिबपुरी गाउपालिका–५ स्थित कुखुरे घर भएका ३७ बर्षिय एक महिलालाई आफनै घरमा सुतिरहेको अवस्थामा चार÷पाँच जनाको समुहले पिडित महिलालाई पालैपालो जबरजस्ती करणी गरी दराजभित्र रहेको नगद पैशा र मोबाईल फोन चोरी तथा डाँका गरी फरार रहेका प्रतिवादीहरुलाई नुवाकोट प्रहरीले शिबपुरी गाउँपालिका–५ का २५–बर्षिय रमेश पाख्रिन तामाङ र लिखुँ गाउँपनलिका–१ बस्ने ३६ बर्षिय भुपेश घलेलाई शुक्रवार काठमाण्डौ स्थित बुढानिलकण्ठ नगरपालिका–८ तल्लो भंगालवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बिष्णुहरि फुयाँलले जानकारी दिनुभएको हो ।
प्रहरी निरीक्षक फुयाँलका अनुसार पक्राउ परेका तामाङ र घलेलाई जबरजस्ती करणी तथा डाँका सम्बन्धि कसुर मुद्धा अन्र्तगत अनुसन्धान प्रश्चात पुर्पक्षको लागी जिल्ला अदालत नुवाकोटले कारागार चलान गरिएको बताउनु भयो । सामुहिक बलात्कार र चोरीगरी फरार रहेका प्रतिवादीहरु मध्य चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरी पुर्पक्षको लागि कारागार चलान भईसकेको उहँले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !