नुवाकोट । नेकपा जिल्ला सचिव तथा संघीय सासद नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालको लागि पीसीआर मेसिन खरीद गर्न स्थानीय पूर्वाधार साझेदार कार्यक्रमबाट आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता जनाएपछि दुई जना प्रदेश सभा सदस्यहरुले यसको तीव्र विरोध गरेका थिए ।

बागमति नेकपा संसदीय दलका प्रमुख सचेतक केशव पाण्डेले सामाजिक सञ्जालमा ‘गफै त हो नि सम्धी’ भन्दै प्रदेशले वैशाखमा नै नुवाकोटको लागि मेसिन खरीद गर्न टेण्डर गरिसकेको बताउनु भएको थियो । यस्तै, अर्का प्रदेश सभा सदस्य बद्री मैनालीले ‘सस्तो लोकप्रियताका लागि जे पनि नगरौ’ भन्दै आफ्नो धारणा सार्वजनिक गरेपछि जिल्ला सत्ताधारी दलभित्रको गुटको आगोको ज्वाला सबैले देखिने गरि सार्वजनिक भएको थियो ।

तर, प्रदेश सरकारले नुवाकोटको लागि पीसीआर मेसिन खरीदको कुनै प्रक्रिया अघि नबढेको स्पष्ट पारेको छ ।

बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले नुवाकोटको लागि पीसीआर उपकरण खरीदको लागि कुनै टेण्डर नगरेको बताउनु भयो ।

एकिकरणसँग कुरा गर्दै मन्त्री दुवालले नुवाकोटको लागि भनेर पीसीआर परीक्षणको लागि आवश्यक उपकरण खरीको लागि हालसम्म कुनै टेण्डर नभएको स्पष्ट पार्नु भएको हो । उहाँले प्रदेशले उपकरण खरीद गरेपछि भक्तपुर, धुलिखेल, सिन्धुलीसँगै त्रिशूली अस्पताल पनि स्थापना गर्ने कि भनेर योजनाको प्राथमिकतामा रहे पनि त्रिशूली अस्पतालकै लागि भनेर नतोकिएको बताउनुभयो । ‘यो वर्ष केही पीसीआर परीक्षणको मेसिन खरीद गर्ने योजना छ । प्रदेश जनस्वास्थ्य प्रयोग शालाको लागि पनि उपकरण थप गर्ने योजना छ । कुन कुन जिल्लामा पीसीआर मेसिन स्थापना गर्ने भन्ने खरीद टुंगिएपछि निर्णय हुन्छ । अहिले नै यही जिल्ला भनेर तोक्न सकिने अवस्था छैन’ मन्त्री दुलालले भन्नुभयो ।

जनस्वस्थ्य प्रयोगशाला बागमति प्रदेशका निर्देशक नारायणबहादुर कार्कीले प्रदेश प्रयोग शालाको लागि आवश्यक पीसीआर ल्याब मेसिन खरीद गर्नको लागि वैशाखमा टेण्डर गरिएको जानकारी दिनुभयो । ‘प्रदेश प्रयोग शालाको लागि खरीद गर्नको लागि टेण्डर गरिएको हो । कुनै जिल्लामा पठाउनको लागि होइन । ८ वटा मेसिन खरिद गर्ने भनेर गरिएको टेण्डर जसले पा¥यो, उसले लकडाउन लगायतका कारण देखाउँदै ल्याउन नसकेपछि उक्त प्रक्रिया नै रद्ध गरेका छौ’ निर्देशक कार्कीले भन्नुभयो ।

निर्देशक कार्की भन्नु हुन्छ “प्रदेश स्वस्थ्य आपुर्ति केन्द्र बमगमतिले पिसिआर मेसिन हाम्रो यस जनस्वस्थ्य प्रयोगशालालाई दिन्छ भनेर अगाडी नैहामीलाई रु.५० लाख रकम संघिय परिसदवाट आएको थियो । त्यस मध्यको रु.२०लाख बरावरको सामानखरिद समेत गरीसकेको थियौ तर पिसिआर मेसिननआएको हुदाँ फेरि पनि यहि हप्ताको लागि एउटा पिसिआर मेसिन खरिद गर्नका लागि टेण्डर आव्हानको लागि विज्ञापन समेत अहिले गरिसकेकाछौ । टेण्डर भएको ५ दिनभित्रमानै टेण्डर पार्ने व्यक्तिले हाम्रो यस कार्यालयमा पिसिआर ल्याब मेसिन दिनुपर्ने हुन्छ । तर टेण्डर आव्हान गरिएको पिसिआर नुवाकोटको लागि हैन हामै्र यहीको जन स्वस्थ्य प्रयोगशाला बागमति प्रदेशका लागि हो” ।

त्रिशूली अस्पतालको लागि पीसीआर ल्याब स्थापनाको लागि आवश्यक उपकरण खरीदको लागि संघीय सांसद नारायणप्रसाद खतिवडाले आवश्यक रकम स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट विनियोजन गर्ने साउन २२ गते जिल्ला प्रशासन कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रतिवद्धता जनाउनु भएको थियो ।

सामाजिक विकास मन्त्रालय बागमति प्रदेश र जनस्वस्थ्य प्रयोगशाला बागमति प्रदेशको कार्यालयले पिसिआर ल्याब मेसिन नुवाकोटको लागि भनेर नछुटाईएको प्रष्ट उहाँहरुको भनाई रहेको छ । नुवाकोटमा राजनिति र राजनितिमा पनि गुटबन्दीले गर्दा एक नेताले अर्का नेतालाई तल पार्न कुनै कसुर नछाड्ने केहि दिनको पिसिआर प्रकरणले र्झलङ्ग पारेको छ ।

नुवाकोट क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य माननिय सासंद नारायण प्रसाद खतिवडाले जिल्ला प्रशासन कार्यालयको यही साउन–२२ गते बसेको नुवाकोट कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीएमसी)को बैठकमा त्रिशुली अस्पतालको लागी पिसिआर ल्याब परीक्षण मेसिन खरिद संन्चालनको लागी रु.७६ लाख रकम दिने प्रतिवद्धता गरेका थिए । तत्कालै पिसिआर ल्याब मेसिन खरिद गर्नको लागी विदुर नगरपालिकाले टेण्डर प्रक्रिया अगाडी बढाउनुका साथै नगरपालिकाको रकमलाई स्थानिय पूवार्धार साझेदारी कार्याक्रम अन्तर्गत आएको बजेटपछि विदुर नगरपालिकालाई श्रोत भर्ना गरीने निर्णयमा उल्लेख समेत गरीएको थियो । विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले केहि दिनमै पिसिआर ल्याब परीक्षण मेसिन खरिद गर्न टेन्डर आव्हानको लागि प्रक्रिया अगाडी बढी रहेको जानकारी दिनुभएको छ ।

प्रमुख सचेतक केशब पाण्डे फेसबुकमा लेखेका छन् “कस्ले निर्णय गर्ने र कहिले टेण्डर गर्ने र कहिले आउने रहेछ त्यो पिसिआर मेसिन ? अनित्यसको खरिद मूल्य कति लाग्ने रहेछ, संचालन खर्च कति रहेछ ? त्यो पनि जानकारी पाए आभारि हुने थिए । नत्रगफै त होनि संम्धी, प्रदेश सामाजिक मन्त्रालयले खरिदको आव्हान गरसिकेको छ र १ हजार जांचक्षमताको मेसिन ५० लाख भन्दा कम” ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल