नुवाकोट– नुवाकोटको तादी गाउँपालिका–५÷६ नम्वर वडा स्थित नेपाली काँगे्रसको १४औ महाधिबेसनको तयारीका लागि पार्टिका क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण र पार्टि प्रवेश कार्याक्रम आज तादीमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस पार्टिको आउँदै गरेको १४औ महाधिबेशनको तयारीका लागि नेपाली काँग्रेसका युवा नेता तथा पुर्व जिल्ला सचिव एवं महासमिति सदस्य रमेश कुमार महत आजकल गाउँघर तिर आफना कार्याकर्ताहरु भेट्दैमा व्यस्त रहेका छन् । मलिन्ता छाएँको बोलि, साधारण पोशाक र मिठासपनका तर्कहरुले भरिपुर्णता बोकेर गाउँका बस्तिीहरुमा पुगेका नेता महत देखेसी जोकोहि पनि महतको पक्षमा लाग्न कुनै समयनै नलाग्ने तादीका स्थानियहरुको भनाई रहेको छ । स्थानियहरुका अनुसार नेता महत असल र अनुशासित नम्र बोदीले गर्दा पनि आफुहरु काँग्रेसमा रहीरहेको जानकारी दिएका छन् ।
१४औ महाधिबेसनको तयारीका लागि पार्टिका क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता बितरण कार्याक्रममा नेता महतको नेतृत्वमा तादी गाउँपालिकावाट पूर्व माओवादी हालको नेकपा पार्टि परीत्याग गर्दै काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ ।
पार्टि प्रवेश गर्नेमा तादीका स्थानिय बिरेन्द्र लामा, बिरुचन खनाल, बिर बहादुर तामाङ र जिते तामाङ लगाएतको टोलिहरु बिगतको पुर्व माओवादी हालको नेकपा पार्टि परीत्याग गर्दै काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेसका युवा नेता तथा पुर्व जिल्ला सचिव एवं महासमिति सदस्य रमेश कुमार महतले जानकारी दिनुभएको छ । नेता महतका अनुसार जनताले आफनो बिवेक प्रयोग गरेर बाजेको पालामा जुन पार्टिमा भोट हालिएको थियो त्यसैमा छोरा, नातिहरुले पनि हाल्नै पर्छ भन्ने चलनलाई अहिलेका युवा पुस्ताहरुले परिमार्जन गरी नया सोच र परिकल्पनाको योजनामा साथ दिन सक्ने हिम्मत जनतामा रहेको बताउनु भयो । नेता महत भन्नु हुन्छ “चाडैनै नेपाली काँग्रेसको १४औ महाधिबेशन आउदै गर्दा हामीले गाउँघरमा गएर कार्यकर्ताहरुलाई नयाँ सदस्यता बितरण गर्नुका साथै पुराना सदस्यता नविकरण गर्ने काम भई रहेको छ । साथै बिभिन्न पार्टि छाडेर नेपाली काँग्रेसमा नयाँ केहि योजना र विकास र जनताका लागि अभिमुखिकरणका कार्याक्रमहरुको उदेश्यले र काँग्रेसलाई बिश्वास गरेर आउने जनता, युवापुस्ताहरुलाई हनमीले सधै स्वागत गरिरहेको छौ”।
कार्याक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ, तादी गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डे, जी.पी फाउण्डेसनका जिल्ला अध्यक्ष रमेश कुमार पाठक, उपाध्यक्ष इश्वरी उप्रेती, इकाई सभापति रामेश्वर भण्डारी, स्थानिय होम बहादुर थापा mगाएतको सहभागितामा कार्याक्रम सम्पन्न भएको नेपाली काँग्रेका महाधिबेशनका प्रतिनिधि कृष्ण मिश्रले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल