नुवाकाेट- आज भाद्र कृष्णाष्टमी भगवान श्रीकृष्णले जन्म लिनु भएको दिन । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ र सोहि सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि कृष्णको जन्म भएको धार्मिक विश्वास छ ।कंसले कारागारमा बन्दी बनाएको अवस्थामा माता देवकीबाट कृष्णको जन्म भएको थियो । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले श्रीकृष्णको रुपमा धरतीमा जन्म लिएको मान्यता छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए ।

यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भगवत् गीतामा भन्नु भएको छ–

“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यह्म”

जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको बढित्तरी हुन लाग्छ, त्यस समय त्यस ठाउँमा मैले अवतार लिनेछु । श्रीमद्भगवद्गिता जस्तो विशिष्ट ग्रन्थ कृष्ण–अर्जुन उवाच (संवाद)द्वारा नै प्रतिपादितभएको हो । अर्जुन जस्तो जिज्ञासु प्रश्नकर्ता नभएको भए श्रीमद्भगवद्गीताको सिर्जना हुने थिएन । अर्जुनको जिज्ञासाको प्रश्नोत्तरी नै श्रीमद्भगवत् गीता हो भन्दा अत्युक्ति नहोला । यसैबाट पनि महाभारतमाउनको महत्व अनुमान लगाउन सकिन्छ । घोर तपस्या, साधना र अभ्यास द्वारा दिव्यास्त्र सहितको धनुर्विधामापारगंतअर्जुनले भीष्म,कर्ण,जयद्रथ जस्ता महारथीहरुको वध गरेका थिए । स्वयम् भगवानश्रीकृष्णले पथप्रदर्शन (सारथी) गरेका अर्जुन ‘नर’को अंशभएको कुरा श्रीमद्भगवद्गीतामा उल्लेख छ । श्रीकृष्णले महाभारत युद्धको दौरान प्रमुख रणनीतिकारको भुमिका निभाएर पाण्डवलाई युद्धमा विजयी वनाएका थिए।महाभारतको युद्धको प्रमुख कारण कृष्ण भएको निर्क्यौल गरि कौरवहरुकि माता गान्धारीले दिएको श्रापका कारण एक व्याधाको वाणबाट मृत्यु हुन जान्छ। जीवनकाल भर कृति र यश कमाएका श्रीकृष्णको मलामी एकजना व्याधा मात्रै हुन्छ। यसै प्रसंगमा भगवान श्रीकृष्णको अन्य चर्चा गर्ने गरिएको छ ।

बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आउनुभएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । “यो नै पूर्वीयजगतको प्रेम दिवसको रुपमा नेपाल भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका परंपरालाई अहिले पश्चिमी संस्कृतिमा पनि भ्यालेन्टाईन डे को रुपमा अनुकरण गरिएको देखिन्छ । भगवान् श्रीकृष्णको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ । आजको दिन पाटनको मंगलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिर लगायत देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पुरा हुने धार्मिक विश्वास रहिआएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल